डेले अलीको दुई गोल मद्दतमा टोटनहम हट्सपरले प्रिमियर लिग खेलमा चेल्सीलाई पराजित गरेको छ। टोटनहमले सन् १९९० पछि चेल्सीलाई उसैको मैदानमा हराउन सफल भएको हो।
आइतवार भएको खेलमा टोटनहमले पुनरागमन गर्दै चेल्सीलाई ३-१ ले हरायो। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा अल्भारो मोराटाले ३०औँ मिनेंटमा गोल गर्दै अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी टाइममा क्रिस्टियन एरिक्सनले टोटनहमका लागि बराबरी गोल फर्काए।
दोस्रो हाफमा अलीले ४ मिनेटको अन्तरम दुई गोल गर्दै टोटनहमलाई जित दिलाए। अलीले ६२औँ र ६६औँ मिनेटमा गोल गरे।
जितपछि ३१ खेलबाट ६४ अंक जोडेको टोटद्दहम चौथो स्थानमा यथावत छ। समान खेलबाट ५६ अंक रहेको चेल्सी पाँचौ स्थानमा छ।
अर्को लण्डन क्लब आर्सुनलले स्टोक सिटीलाई ३-० ले पराजित गरेको छ। आर्सनलको लागि पिएरे एमरिक ओवामेयाङले दुई तथा एलेक्जान्डर लाकाजाटेले एक गोल गरे।
जितपछि ३१ खेलबाट ५१ अंक जोडेको आर्सनल छैटौँ स्थानमा छ।