PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

मुढाले हिर्काएर श्रीमतीको हत्या



पहिलोपोस्ट

मुढाले हिर्काएर श्रीमतीको हत्या

दमक: काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन्। 

गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

गएराति घरायसी विवाद हुँदा पासाङले श्रीमतीलाई कुटपिट गर्दै काठको मुढाले टाउकामा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। 

घाइते निमाथोकीको उपचारका क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ। पासाङलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell