PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

डीपीएल : सोमपालले जिताए चौराहलाई



पहिलोपोस्ट

डीपीएल : सोमपालले जिताए चौराहलाई

काठमाडौं : फास्ट बलरका रुपमा चिनिएका सोमपाल कामीले टिमलाई चाहिएको बेला ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। रणनीतिक खेलाडी समेत रहेका कप्तान सोमपाल कामीले आक्रमक ब्याटिङ गर्दै नटआउट ३८ रन बनाएपछि टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गर्दै डीपीएलमा पहिलो जित हासिल गरेको छ।

साविक विजेता समेत रहेको चौराह पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग पराजित भएको थियो। उता पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सलाई पराजित गरेको अत्तरियाको यो पहिलो हार हो।

धनगढीस्थित एसएसपी क्रिकेट मैदान सोमवार भएको खेलमा चौराहले १५१ रनको लक्ष्य ४ बल बाँकी छदा ७ विकेट गुमाएर पुरा गर्‍यो। चौराहका लागि विदेशी खेलाडी रोहन मुस्ताफाले सर्वाधिक ४० रनको योगदान गरे। सोमपालले १५ बल खेल्दै नटआउट ३८ रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनाएको थियो। अत्तरियाका लागि विपिन चन्द्रा र प्रेम तामाङले २८ रन बनाए भने  कुशल भुर्तेलले २५ र दीपेन्द्रसिंह ऐरीले १९ रन जोडे।

बलिङमा चौराहका ललितसिंह भण्डारीले ४ ओभरमा २४ रन खर्चेर सर्बाधिक ३ विकेट लिए। यस्तै युएईका रोहन मुस्ताफाले २ तथा कप्तान सोमपाल कामीले र सामसद शेखले १-१ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell