PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित 



पहिलोपोस्ट

खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित 

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृत्यु भएका नेता खड्काप्रति शोक प्रकट गर्दै भोलि दिउँसो १ बजेका लागि बैठक स्थगित भएको हो।

भोलिको बैठकमा प्रधानन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सम्भावना रहेको संसदीय सचिवालयले जनाएको छ।

यसैगरी राष्ट्रिय सभाको आजको बैठक पनि खड्काप्रति शोक प्रस्ताव पारित गर्दै भोलिसम्मका लागि स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell