काठमाडौं: सोमबार केही राजनीतिज्ञले फिल्म 'कान्छी' हेरे। पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा, नयाँ शक्तिकी नेतृ हिसिला यमीले फिल्म हेरेका हुन्।
आकाश अधिकारी निर्देशित कान्छी हेरेपछि उपस्थित राजनीतिज्ञले सकारात्मक प्रतिक्रिया समेत दिए। त्यस्तै कान्छीको पोलिटिकल सोमा पुराना पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई पुर्व प्रधानमन्त्रीको हातबाट सम्मान समेत गरियो।
फिल्म हेरेपछि श्वेताश्री फाउन्डेसनले शुरु गरेको माझी बस्तीका लागि इजी रेमिटेन्सले पचास हजार र प्रकाशबाबु थापाले एक लाख दश हजार हस्तान्तरण भयो। संयोजक रहेकी अभिनेत्री श्वेता खड्काले बैशाखसम्ममा माझी बस्ती हस्तान्तरण गर्ने बताइन्।