काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले देशभित्र देखिएका सबै किसिमका सिन्डिकेटहरुको अन्त्य गर्ने दाबी गरेका छन्।
सोमवार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले देशभित्र हुने गरेका सिन्डिकेटहरु जनता र नागरिक समाजसँग मिलेर तोड्ने बताए। गृहमन्त्री थापाले भने' अधिल्ला सरकारले पनि सिन्डिकेट तोड्ने त कसिन गरेकै हुन्। अहिलेको गृहको योजना पनि त्यही हो तर गृहमन्त्रालयको फुर्ती र काम हेर्नु होला।' मन्त्री थापाले जनतासँग मिलेर लागे सिन्डिकेट तोड्न सकिने बताए।
केही दिनदेखि अरनिको राजमार्गमा यातायात व्यवसायीको सिन्डिकेट चर्चामा रहेको छ। गृहमन्त्री थापाले भने 'अब व्यवसायीले सिन्डिकेट गर्ने होइन। सिन्डिकेट गरे सरकारले तोडछ।' गृहमन्त्री थापाले सिन्डिकेट तोड्नु भनेको भ्रष्ट, तस्कर र माफियाको जालो तोड्नु भएको बताए।
गृहमन्त्री थापाले देशभित्रको एकता, सहिष्णुता, सद्भाभव तोड्न जातीय, धार्मिक, भौगोलिक र सिके राउतजस्ताको नाममा अस्थिरता पैदा गर्ने काम भइरहेको दाबी गरेका छन्। मन्त्री थापाले भने' सिके राउत वा स्वतन्त्र मधेशको नाममा गलत प्रचारबाजी भइरहेको छ।' देशभित्र अस्थिरता फैलाउने तत्त्वको पहिचान गरी त्यसलाई निरुत्सिहत बनाउन गृहले रणनीतिसमेत तयार पार्ने मन्त्री थापाले बताए।
थापाले देशमा गुण्डागर्दी, लागुऔषधीको कारोबार, तस्करी, बढ्दै गएको बताए। खुल्ला सिमानाको कारण देशभित्र अर्बै रुपैयाँ बराबरको तस्करी भएको बताए। गृहमन्त्री थापाले भने' यहाँ खुल्ला सिमानाबाट मात्र होइन विमानस्थलबाट नै तोला र केजी मात्र होइन टनका टन सुन तस्करी भइरहेको छ।' नेपाल विश्वका अपराधीहरूको लुक्ने सेल्टर समेत भएको दाबी गरे।
गृह प्रशासन सुधारको लागि गृहमन्त्रालय ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेको छ।