PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

'नेपाल-अमेरिका अन्तराष्ट्रिय फिल्म फेस्टिभल हुँदै



पहिलोपोस्ट

'नेपाल-अमेरिका अन्तराष्ट्रिय फिल्म फेस्टिभल हुँदै

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव दोस्रो संस्करणको ब्यानर सार्वजनिक भएको छ। आगामी मे महिनाको १८ तारिक शुक्रबार महोत्सव शुरु हुँदैछ।

मेको १९ र २० तारिखका दिन रेगल सिनेमा, ह्याट्सभिल मेरिल्याण्डमा नेपाली फिल्महरु प्रदर्शन हुनेछन्। मे २० तारिक आइतबार हुने समापन समारोहमा भने अवार्ड वितरण गरिने आयोजक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। महोत्सवको उद्घाटन र समापन भने एएफआइ सिल्भर थिएटरमा हुने बताइएको छ। विश्वभरबाट आवेदन दिएका फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्मलगायत विधाका फिल्महरु देखाइनेछ।

नेपाल बाहेक अमेरिका, दक्षिण एसियाका फिल्महरुको सहभागिता रहने महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुसंगको सहकार्यमा आयोजना गरिने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell