PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रेडियो नेपालद्वारा पद्मा लिंखा उत्कृष्ट गीतकार घोषित



पहिलोपोस्ट

रेडियो नेपालद्वारा पद्मा लिंखा उत्कृष्ट गीतकार घोषित

काठमाडौं: गीतकार पद्मा लिंखा मगर उत्कृष्ट गीतकार घोषित भएकी छिन्। रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा उनी उत्कृष्ट गीतकार घोषित भएकी हुन्।

६८ औं वार्षिक उत्सवको अवसरमा रेडियो नेपालले उनलाई उत्कृष्ट घोषित गरेको बारे फेसबुकमार्फत खुशी व्यक्त गरेकी छिन्। अमेरिकामा रहदै आएकी लिंखा नेपाली गीत लेखनमा सक्रिय छिन्। उनले लेखेको गीतमा सिडी विजय अधिकारीको स्वर दिएका छन् भने राजकुमार बगरको संगीत रहेको छ।

लेखेकी छिन्,'रचना उत्कृष्ट घोषित हुनुमा संगीतकार र गायकको मेहेनतको उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ।' 

मगरको गीतबाटै विजय अधिकारी उत्कृष्ट गायक घोषित भएका छन्। उत्कृष्ट संगीतकार भने सन्तोष श्रेष्ठ घोषित भए। गायनतर्फ योगेन्द्र उपाध्याय दोस्रो र मेलिना फुयाँल तेस्रो घोषित भए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell