PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

कैदी मर्सिडिज चढेर घुम्छन्, अनि नेवारी खाजा खान्छन!



पहिलोपोस्ट

कैदी मर्सिडिज चढेर घुम्छन्, अनि नेवारी खाजा खान्छन!

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा देशभित्रका कारागारको बेथितिको पर्दाफास गरेका छन्। सोमवार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा देशको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हालेका गृहमन्त्री थापाले कारागार भित्र रहेका कैदि मर्सिडिज लिएर हिँड्ने गरेको खुलासा गरेका हुन्।

गृहमन्त्री थापाले भने, 'खै भाइ नाइके हो कि के नाइके? विराटनगर कारागारमा रहेका कैदी सहरमा मर्सिडिज लिएर हिँड्ने गरेको सुन्दै छु। कारागारमा नै दादागिरी र हप्ता असुली हुन्छ रे। त्यसलाई अब ठिक ठाउँमा राख्नुपर्छ।' 

गृहमन्त्री थापाले विराटनगर कारागारको कुरा यति मात्र गरे। अनि अर्को कारागारको अवस्थाको चित्रण गरे। 'एउटा कैदीलाई नेवारी खाजा मनपर्ने रहेछ। नेवारी खाजा खान नै बाहिर निस्कने रहेछ,' उनले भने।  

गृहमन्त्री थापाले प्रहरीको सहयोग विना बाहिर निस्कन सम्भव नभएकाले प्रहरी माथि पनि प्रश्न गरे, 'पाकै प्रहरीको पनि मिलोमत्तो होला?'

कारागार सजाय दिनको लागि नभएर सुधारगृह भएकाले कारागारमा हुने दादागिरीको अन्त्य गर्ने बताए। उनले समय समयमा कारागारबाट सरुवा गरिरहने व्यवस्था मिलाउने  तयारी भइरहेको जानकारी दिए। 

देशभर भएका ७२ वटा कारागारमा अहिले १९ हजार कैदीवन्दीहरु रहेका छन्। सरकारले कैदीलाई दिँदै आएको सिधामा समेत वृद्धि गर्ने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell