PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

नेपाल तस्करको सेल्टर, हिन्दी फिल्म 'शोले'का बाउका पनि बाउ रहेछन्- गृहमन्त्री थापा



पहिलोपोस्ट

नेपाल तस्करको सेल्टर, हिन्दी फिल्म 'शोले'का बाउका पनि बाउ रहेछन्- गृहमन्त्री थापा

काठमाडौँ: सरकारले देशको सीमा क्षेत्रको सुरक्षा र निगरानीको लागि ड्रोन प्रयोग गर्ने भएको छ। 

खुल्ला सिमानाको कारण देशभित्र तस्करी र अपराधी आउने क्रम बढेकाले निगरानीको लागि ड्रोन प्रयोगमा ल्याउन लागेको गृहमन्त्री रामबहादुर थापाले बताए। 

मन्त्री थापाले भने,' प्रविधिको प्रयोग गर्दै सीमामा अव ड्रोनको प्रयोग गर्ने छौँ।'

सशस्त्र प्रहरी बलले सीमा सुरक्षा दिँदै आएको छ। सुरक्षाकर्मीको जनशक्ति अभाव हुँदा सीमामा करिब २० किलोमिटरमा सुरक्षाकर्मी राख्नु परेकाले बिचको ग्यापबाट तस्करी हुने गरेको गृहमन्त्री थापाले बताए। 

नेपाल तस्करहरूको बसोबास गर्ने सेल्टर भएको बताउँदै  थापाले भने 'नेपालमा त हिन्दी फिल्म शोलेका बाउका पनि बाउ पो रहेछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell