काठमाडौं: सरकारले राजमार्गमा सवारी फिटनेस सेन्टर खोल्ने भएको छ। राजमार्गमा हुने दुर्घटना र सवारी आगमनलाई व्यवस्थित गर्ने सय किलोमिटरको दुरीमा फिटनेस सेन्टर बनाउन लागेको हो।
सेन्टरमा सवारी साधनको भार क्षमता र चालकको अवस्था र ट्राफिक नियम पालना भएको नभएको परिक्षण हुने गरी फिटनेस बनाउने तयारी भएको गृहमन्त्री रामबहादुर थापाले बताए।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र प्रदेश सरकार,स्थानिय निकायको समन्वयमा एकबर्ष भित्र काम सम्पन्न गर्ने गृह मन्त्रालयले जनाएको छ।