PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सिन्डिकेट विरुद्ध सरकार आक्रामकः कोटेश्वर पूर्वको रुट परमिट खारेज गर्ने चेतावनी



दिनेश खड्का

सिन्डिकेट विरुद्ध सरकार आक्रामकः कोटेश्वर पूर्वको रुट परमिट खारेज गर्ने चेतावनी

काठमाडौं: सरकारले कोटेश्वर पूर्वका व्यवसायीले सार्वजनिक यातायात  नचलाए रुट परमिट खारेज गर्ने चेतावनी दिएको छ।

मयुर यातायात संचालनमा आएको विरोधमा कोटेश्वर पूर्वका व्यवसायीले सवारी साधन ठप्प पार्ने जनाएपछि सरकारले रुट परमिट खारेज गर्ने भएको हो। यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले सवारी साधन नचलाए रुट परमिट खारेज गर्ने बताए। ‘हामीले उहाँहरुलार्इ गाडी सञ्चालन नगर्नुस भनेका छैनौ, कानुनबमोजिम स्वच्छ प्रस्तिपर्धाबाट  जुनसुकै रुटमा गाडी चलाउन पाइन्छ’ भन्दै यदि कसैले अवरोध गर्छ वा सवारी चलाउँदै भने उसको रुट नै खारेज गरिदिन्छौ”उनले भने।

गृहमन्त्री रामबहादुर थापाले देशभित्र देखिएका सबै किसिमका सिन्डिकेटहरुको अन्त्य गर्ने दाबी गरे।

सोमवार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले देशभित्र हुने गरेका सिन्डिकेटहरु जनता र नागरिक समाजसँग मिलेर तोड्ने बताए। गृहमन्त्री थापाले भने' अधिल्ला सरकारले पनि सिन्डिकेट तोड्ने त कसिने गरेकै हुन्। अहिलेको गृहको योजना पनि त्यही हो तर गृहमन्त्रालयको फुर्ती र काम हेर्नु होला।' मन्त्री थापाले जनतासँग मिलेर लागे सिन्डिकेट तोड्न सकिने बताए।

केही दिनदेखि अरनिको राजमार्गमा यातायात व्यवसायीको सिन्डिकेट चर्चामा रहेको छ। गृहमन्त्री थापाले भने 'अब व्यवसायीले सिन्डिकेट गर्ने होइन। सिन्डिकेट गरे सरकारले तोडछ।'  गृहमन्त्री थापाले सिन्डिकेट तोड्नु भनेको भ्रष्ट, तस्कर र माफियाको जालो तोड्नु भएको बताए।

नेपाल यातायात राष्ट्रिय महासंघको आव्हानमा १३ बस व्यवसायी आवद्ध रहेको कोटेश्वर पूर्व यातायात समन्वय समितिले आज विहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा  सार्वजनिक यातायात ठप्प पारेका थिए।उनीहरुले चैत २१ गतेदेखि अनिश्चितकालिन सवारी साधन नचलाउने घोषणा समेत गरेका छन्। उनले आइतबारबाट सिन्डिकेट पूर्ण रुपमा खारेज भएको बताउँदै भने ’यदि कसैले सिन्डिकेट कायम राख्न खोजे त्यसको रुट इजाजत खारेज गरि सुरक्षाकर्मीको सहयोगमा ती व्यवसायीको गाडी समेत नियन्त्रण लिन्छौ।’ मयुर यातायातका २४ वटा बसहरु अहिले चक्रपथ परिक्रमा गरेर बनेपासम्म पुग्ने गरेका छन्। निकट भविष्यमा सय वटा बस थपेर ग्रामीण भेगसम्म पुर्याउने योजनामा यो कम्पनी छ।

भक्तपुर मिनिवस सेवा समितिका सचिव प्रकाश बस्नेतले साझा र मयुरको विरोध नगरेको बताए। ‘हामीले साझा,मयुरको विरोध गरेका होर्इनौ,ग्रामीण भेगमा पनि ती बसहरु हाम्रा बसहरुसंगै सञ्चालन गर्नुपर्यो भनेका हौ’  उनले भने ‘हाम्रा पनि त्यस्तै नयाँ गाडीहरु छन् हामी ग्रामीण भेगसम्म चलार्इरहेका छौ,उहाँहरु खाली चिल्ला सडकमा गाडी गुडाउन खोज्नु हुन्छ त्यसको विरोध गरेका हौ’.यो रुटमा भक्तपुर मिनिवस सेवा समिति, मध्य उपत्यका बस व्यवसायी संघ,नयाँ बाटो ठिमी  समिति लगाएतका बसहरु सञ्चालनमा रहेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell