PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि



पहिलोपोस्ट

पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि

काठमाडौँः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएको छ। सबैमा २/२ रुपैयाँ मूल्यवृद्धि भएको आयल निगमले जनाएको छ।
 
मूल्‍य बढेसँगै अब पेट्रोल लिटरमा १०५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल ८५ रुपैयाँ पुगेको छ। बढेको मुल्य सोमबार राति १२ बजेबाट लागू हुने निगमले जनायो।

निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले यहाँ मूल्य बढाउनुपर्ने अवस्था आएको बताए। 

निगमले हवार्इ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell