PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

सत्यमोहन जोशीलाई ललितपुर महानगरको गार्ड, ड्राइभरसहितको गाडी: इन्टरेनट सुविधासहितको स्मार्टफोन

सत्यमोहन जोशीलाई ललितपुर महानगरको गार्ड, ड्राइभरसहितको गाडी: इन्टरेनट सुविधासहितको स्मार्टफोन

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर: शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुर महानगरपालिकाले गाडी र इन्टरनेटसुविधासहितको मोबाइल उपहार प्रदान गरेको छ। सोमबार ललितपुरको पाटनढोकास्थित ढोकैमा क्याफेमा महानगरका मेयर चिरीबाबु महर्जनले जोशीलाई उपहार प्रदान गरेका हुन्।

महानगरले संस्कृतिविद् जोशीलाई चालक र एक गार्डसहित बा ४ च ५२१२ नम्बरको कार र सामसोङ ग्यालेग्सी अन सेभेन प्रो स्मार्टफोन प्रदान गरेको हो।

गाडीमा लाग्ने सम्पूर्ण खर्चसमेत नगरपालिकाले नै व्यहोर्ने कार्यक्रममा जनायो। नसोचेको उपहार पाएको कारण बुढेसकालमा इनर्जी बढेको अनुभुति भएको जोशोले बताए ।

उपहार ग्रहणपछि उनले भने, 'ललितपुर महानगरले मलाई जीवनमा नै बिर्सनै नसक्ने गुणहरु लगाएको छ।' नेपालको ईतिहासमै आदरणीय व्याक्ति वाङ्मय शताब्दी संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान स्वरुप उपहार प्रदान गर्न पाउँदा पुरै नगरनै  खुसी भएको मेयर महर्जनले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell