PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक



पहिलोपोस्ट

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

काममाडौँः वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ। श्रेष्ठकी पत्नी यशोदा सुवेदी (श्रेष्ठ) को सोमबार राति निधन भएको छ। क्यान्सर पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति करिव ११ बजे निधन भएको हो। 

६७ वर्षीय सुवेदी आन्द्रा र फोक्सोको क्यान्सरबाट पीडित थिइन। सुवेदीको मंगलबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिने पारिवारिक स्रोतले बताएको छ। सुवेदीले मदनसँग अन्तर्जातीय विवाह गरेकी हुन्। उनीहरुका छोरा र एक छोरी छन्। 

*समाचारमा यसअघि गलत तस्वीर प्रयोग भएकाेमा हामी क्षमाप्रार्थी छौँ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell