PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

डीपीएल : डबल पुनित र भुवनको ब्याटिमा महेन्द्रनगरको मध्यम स्कोर, ललित भण्डारीको ४ विकेट



पहिलोपोस्ट

डीपीएल : डबल पुनित र भुवनको ब्याटिमा महेन्द्रनगरको मध्यम स्कोर, ललित भण्डारीको ४ विकेट

काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीए-२) मा विदेशी खेलाडीहरुले प्रभावशाली प्रदर्शन गरिरहेका छन्। नेपालका स्टार खेलाडीहरु भएपनि खेलको स्कोर र नताजमा विदेशी खेलाडीको प्रभाव सुरुदेखि नै देखिन थालेको छ। मंगलवार भइरहेको एक मात्र खेलमा पनि दुई विदेशी खेलाडीले महेन्द्रनगर युनाइटेडका लागि राम्रो ब्याटिङ गरे।

पुनित मेहरा र पुनित विष्ट तथा नेपालका भुवन कार्कीले राम्रो ब्याटिङ गरेपछि महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रनको मध्यम स्कोर बनाउन सफल भयो।

८ ओभरमा ४७ रन बनाउँदा सुरुको ५ विकेट गुमाएको महेन्द्रनगरको इनिङ्स यी ३ खेलाडीले उकासेका थिए। छैटौँ विकेटका लागि पुनित विष्ट र भुवन कार्कीले २२ रनको साझदारी गरे। विष्टले २४ बलमा ४ चौकाको मद्दतमा २४ रन नै बनाए। आठौँ नम्वरमा ब्याटिङ गरेका अर्का पुनित मेहरा र भुवनले सातौँ विकेटका लागि ५३ रनको साझदारी गरे।

२२ बल खेलेका पुनित मेहराले ४ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४० रन बनाए। यस्तै भुवनले धैर्यतापूर्वक ब्याटिङ गर्दै ४० बलमा ३२ रन जोडे।

कप्तान विनोद भण्डारीले महेन्द्रनगरका लागि ११ रन बनाए। आसिफ शेख ८ तथा रोहित पौडेल ३ रन बनाएर आउट हुँदा हरीशंकर शाह र आरिफ शेखले खाता खोल्नज सकेनन्।

बलिङमा ललित सिहं भण्डारीले ४ तथा कप्तान सोमपाल काकी र संसद शेखले १-१ विकेट लिए।

सुरुको २ ओभर स्पेलमा ७ रन मात्र दिएर ३ विकेट लिएका ललित दोस्रो स्पेशमा महंगो सावित हुँदा ३० रन खर्चेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell