PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सात वर्षीय गोलु अपहरण गर्ने दुर्इ फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

सात वर्षीय गोलु अपहरण गर्ने दुर्इ फरार अभियुक्त पक्राउ

काठमाडौं: सर्लाही प्रहरीले फिरौति असुली र अपहरणमा संलग्न दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

प्रहरीले सर्लाही जिल्लाको बरथहवा नगरपालिकाका ४२ वर्षीय नागेन्द्र यादव र रौतहट गढिमाइ नगरपालिकाका ६५ वर्षीय जोगेन्द्र यादवलार्इ पक्राउ गरेको हो। 

गत जेठ १५ गते सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर ६ बस्ने ७ वर्षीय गोलु भन्ने राकेश कुमार यादवको अपहरणमा उनीहरू संलग्न रहेको प्रहरीले जनाएको छ। 

अपहरणमा संलग्न तीन जनलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो। 

अपहरणमा संलग्न तीन जना पक्राउ परेपछि उनीहरूले पीडित परिवारका सदस्यलार्इ फोन गरी मुद्दा फिर्ता लिन धम्की दिएका थिए। उनीहरूले मुद्दा फिर्ता नलिए ज्यानबाट मार्ने तथा अपहरण गर्ने धाक धम्की दिँदै आएका थिए। 

७ वर्षीय यादवलाई बारुद सिंह भन्ने सुरेन्द्र प्रसाद यादवको योजनामा अपहरण गरेका थिए। बारुद सिंहलाई प्रहरीले यसअगाडि नै पक्राउ गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell