PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

चीनमा के गर्दैछ फोरमको टोली?



बीपी साह

चीनमा के गर्दैछ फोरमको टोली?

काठमाडौंः चीन भ्रमणमा रहेको संघीय समाजवादी फोरम, नेपालको टोलीले चारवटा प्रान्तका मन्त्रीहरूसँग भेटघाट गरेको छ। त्यस्तै टोलीले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका पदाधिकारीहरूसँग छलफल गरेको छ।

पार्टी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा गएको १५ सदस्यीय टोलीले चीन पुगेपछि गोन्जाओमा आयोजित विकास सम्बन्धी कार्यक्रममा सहभागी भएको थियो। 

उक्त कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको प्रदेश कमिटीका नेताहरूसँग फोरमका नेताहरूले अन्तरक्रिया गरेका थिए।
त्यसैगरी चीनको कुइचो प्रान्तमा आयोजित गरिबी निवारण सम्बन्धी कार्यक्रममा फोरमको टोली सहभागी भएको फोरमका सांसद एवं टोलीका सदस्य प्रदिप यादवले बताए।

बेइजिङमा नेपाली कूटनीतिज्ञहरूसँगको छलफल पश्चात सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका अधिकारीहरूसँग दुर्इ देशबिचको सम्बन्धका विषयमा छलफल भएको यादवले जानकारी दिए।

भ्रमणका क्रममा आर्थिक विकास तथा पारस्परिक सहयोगका विषयमा छलफल भएको उनले बताए। 

विभिन्न प्रदेशका अर्थमन्त्रीहरूको छलफलमा आर्थिक नीति र विकासको मोडलका बारेमा जानकारी लिएको यादवको भनाइ छ।

फोरमको टोली २१ गते नेपाल फर्किँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell