PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

तथ्यांकले उब्जाएको प्रश्नः काठमाडौं अपराधको पनि राजधानी हो?



पहिलोपोस्ट

तथ्यांकले उब्जाएको प्रश्नः काठमाडौं अपराधको पनि राजधानी हो?

काठमाडौं: काठमाडौंमा वर्षेनी बलात्कारका घटना बढ्दै गएको प्रहरीको तथ्याङकले देखाएको छ। चालु आर्थिक वर्षको ९ महिनामा मात्र उपत्यकाभित्र जवर्जस्तीकरण सम्बन्धी ८९ वटा उजुरी  प्रहरीमा परेको छ। 

बढ्दै गएको बलात्कारका घटना न्युनिकरण गर्ने सरोकारवाला निकायहरू अहिले सक्रियता देखाउन थालेका छन्। मंगलवार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भएको साक्षात्कार कार्यक्रममा धेरै सहभागीहरू चेतनास्तरमा कमी हुँदा घटना बढ्दै गएको बताए।
  
आर्थिक वर्ष २०७३/७४ मा ११२ वटा बलात्कारका घटना भएका थिए। जुन आर्थिक वर्ष २०७२/७३ को तुलनामा १३ वटाले बढी हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारना शर्मा वर्षेनी बलात्कारका घटना बढ्नु देशकै लागि लज्जावोध भएको बताउँछन्। प्रजिअ शर्मा भन्छन्' बलात्कारका घटना न्युनिकरण गर्ने सबै मिलेर लाग्नुपर्छ। जनचेतनाको स्तरमा पनि वृद्धि गर्नुपर्ने देखिन्छ।'

गतवर्षको तथ्याङक हर्दा सबैभन्दा बढी राजधानीमा बालिका बलत्कृत भएको देखिन्छ। ११२ जना मध्ये ६२ जना बालिका रहेका छन्। जसमध्ये पनि ३६ जनालाई ललाई फकाई गरेर बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाउँछ। 

छिटोभन्दा छिटो अपराधीले सजाय पाउने र पीडितले न्याय मिल्ने गरी प्रहरी अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।

१० वर्ष मुनी देखि ५० वर्ष माथि उमेरका समेत बलात्कारको सिकार भएको देखिन्छ। सबै भन्दा बढी १७ वर्ष देखि ३५ वर्ष उमेर समूहका महिला पीडित भएका छन्। 

सरकारी वकिलको कार्यालय देखि प्रहरी प्रशासन समेत पीडित मैत्रीपूर्ण भएकाले निर्धक भएर उजुरी दिन सरकारी वकिल कार्यालयका प्रमुख सुर्यराज दाहाल बताउँछन्। 

उनी भन्छन्, 'काठमाडौं देशको मात्र होइन अपराधको पनि राजधानी हो।'

राजधानीमा हुने अधिकांश बलात्कारका घटना दिउँसो समय हुने गरेको प्रहरीको तथ्याङकले देखाएको छ। बिहान १० बजेदेखि ६ बजेसम्मको समयमा घटना हुने गरेका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायधिश रमेशराज पोखरेल बलात्कारका अधिकासं घटनामा डक्टरको रिपोर्टमा मात्र भर पर्नु परेको बताए। 

'प्रहरीले भौतिक प्रमाण छुटाउन लाग्नु पर्छ।' न्यायधिश पोखरेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell