PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत 



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलार्इ मन्त्रिपरिषदले स्वीकृत गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलार्इ स्वीकृत गरेको हो। प्रधानमन्त्री ओली चैत २३ गते भारतको तीन दिने राजकीय भ्रमणमा जाँदैछन्। 

भ्रमणमा सरकारका तर्फबाट प्रधानमन्त्री ओलीसहित थप तीन मन्त्रीसमेत सहभागी हुने निर्णय भएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। 

त्यस्तै बैठकले चिकित्सा शिक्षा विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी प्रतिस्थापन गर्न बनेका विधेयकसमेत संसदमा पेश गर्ने निर्णय गरेको छ। 

बैठकमा अर्थ मन्त्रालयको भुक्तानी तथा फर्छ्योट विधेयक सम्बन्धी प्रस्ताव पेश गरेको छ। बैठकले सो सम्बन्धी सैद्धान्तिक अवधारणलाइ स्विकृत समेत गरेको छ। 

त्यस्तै महान्याधिबक्ताको नेतृत्वमा रहेको  विधेयक सहजीकरण समितिमा कमलसाली घिमिरेलाई नियुक्त गरिएको सञ्चार राज्यमन्त्री बास्कोटाले जानकारी दिए। 

बैठकले एसियाली विकास बैंक एडीबीको १ अर्बको अनुदान रकम स्वीकृत गरेको छ। 

जिल्ला शिक्षा समन्वय एकाइ गठन नहुँदा सम्म अन्तरिम व्यवस्था गरी असार मसन्तसम्म जिल्ल शिक्षा कार्यालय रहने निर्णय गरेको छ। 

त्यस्तै बैठकले नेपाल विकास सम्बन्धी आदेश समिति गठन गर्नेसमेत निर्णय गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell