PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सरकारको श्वेतपत्र, नुहाउँदा मयल छ भन्दै बाटासँगै बच्चा फालेजस्तो: मिनेन्द्र रिजाल



पहिलोपोस्ट

सरकारको श्वेतपत्र, नुहाउँदा मयल छ भन्दै बाटासँगै बच्चा फालेजस्तो: मिनेन्द्र रिजाल

काठमाडौं: कांग्रेस नेता डा मिनेन्द्र रिजालले अर्थमन्त्री युवराज खतिवडाले श्वेपत्रमा नकारात्मक कुरा मात्र राखेको बताएका छन। संसदमा आज सम्बोधन गर्दै डा रिजालले श्वेतपत्रले राम्रो गर्ने बाटो भन्दा बिग्रेको बाटोका दोष अरुलाई थोपरेको देखिन्छ।

रिजालले भने, 'यो सरकारले पुरानो सरकारलाई दोष थुपर्ने नियत श्वेतपत्रमा देखिन्छ। देशको अर्थतन्त्र अर्थमन्त्रीले भनेजस्तो त्रासदीपूर्ण छैन। उत्साहीपूर्ण छ।'

अर्थतन्त्रमा केही कमीकमजोरी भएको उल्लेख गर्दै उनले भने, 'कमजोरी छ भन्दैमा बच्चालाई नुहाउँदा बच्चाको मयल छ भन्दैमा बच्चालाई बाटासँगै फाल्नुहुन्न।'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell