PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

एकसाथ फिल्म 'हिरोज'को दुई म्युजिक भिडियो



पहिलोपोस्ट

एकसाथ फिल्म 'हिरोज'को दुई म्युजिक भिडियो

काठमाडौं: चैत २३ गते रिलिज हुने फिल्म 'हिरोज'को दुई गीत एकसाथ रिलिज भएका छन्। फिल्मको 'पप्पी देउ न' र 'मिहेनत आफै गर' बोलका गीतहरु युट्युबमार्फत भिडियोसहित सार्वजनिक गरिएको हो। फिल्मका निर्देशक एनबी महर्जन, अभिनेता मुकेश ढकाल लगायतले प्रचारका लागि समय दिन पाएनन्। यस्तोमा करिश्मा मानन्धरले भने फिल्म युनिटलाई साथ दिएकी छिन्।

पप्पी देउन प्राश्ना शाक्य र टंक बुढाथोकीले गाएका छन्। टंककै शब्द र संगीत रहेको गीतको कोरियोग्राफर कविराज गहतराज हुन्।



मिहेनत आफै गर बोलको गीतमा भने राजेश पायल राई, जुनु रिजाल, रन्जीत शाहनी र डेबिट शंकरको स्वर छ। बिकास चौधरीले संगीत भरेको यो गीत संजोग राणाले लेखेका हुन्। 

एनबी महर्जन निर्देशित फिल्मले बेरोजगारी र मानव बेचबिखनको मुद्दा उठान गरेको छ।

फिल्ममा करिश्मा मानन्धरसँगै जयकिशन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई,कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ। फिल्मको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell