PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

भूकम्पपीडित जनतालाई एकै पटक १० लाख राहत दिनुपर्छ : प्रेम सुवाल



पहिलोपोस्ट

भूकम्पपीडित जनतालाई एकै पटक १० लाख राहत दिनुपर्छ : प्रेम सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेता प्रेम सुवालले अर्थमन्त्रीले जारी गरेको श्वेतपत्र नकरात्मक भएको बताएका छन्।

मंगलवारको संसद बैठकमा बोल्दै उनले अर्थमन्त्रीले अर्थतन्त्र ध्वस्त भयो भन्न बाकी रहेको बताए। 'अर्थतन्त्र यस्तो हुनुमा कुन सरकारको के हात रह्यो संसदिय छानविन कमिटी गठन गरेर छानविन गर्न जरुरी छ', उनले भने, 'अर्थतन्त्रको यो अवस्था एकदुइ वर्षमा भएको हैन। एकजनाको मात्र हात छैन। त्यसैले छानविन गर्नुपर्छ।

सुवालले भने, 'भूकम्पपीडित जनताले राहत कैले पाउने? उनीहरुलाई एकै पटक १० लाख राहत दिनुपर्‍यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell