PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रधानमन्त्री अोलीको भारत भ्रमणमा तीन मन्त्री, परराष्ट्र मन्त्री ज्ञवाली अजरबैजान हुँदै दिल्ली जाने



विधुर ढकाल

प्रधानमन्त्री अोलीको भारत भ्रमणमा तीन मन्त्री, परराष्ट्र मन्त्री ज्ञवाली अजरबैजान हुँदै दिल्ली जाने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अोलीको भारत भ्रमण टोलीमा तीन मन्त्री सहभागी हुने भएका छन्। 

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रधानमन्त्री भ्रमण टोलीमा तीन मन्त्री सहभागी हुने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। 

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव सहभागी हुने छन्। 

टोलीमा सहभागी हुने अर्थमन्त्री खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादव काठमाडौँबाट प्रधानमन्त्री अोलीसँगै दिल्ली जाने छन् भने परराष्ट्र मन्त्री ज्ञवाली अजरवैजानबाट सिधै दिल्ली जाने छन्। 

उनी अजरबैजानमा आयोजना हुने असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरी सम्मेलनमा सहभागी हुन अजरबैजान जाँदै छन्। सम्मेलन २२ र २३ चैतमा हुँदै छ। प्रधानमन्त्री अोली चैत २३ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा जाँदै छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell