PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

तातोपानी नाका खोल्न अग्नी सापकोटाको माग, भुकम्पपीडित माथि मजाक जालझेल किन?



पहिलोपोस्ट

तातोपानी नाका खोल्न अग्नी सापकोटाको माग, भुकम्पपीडित माथि मजाक जालझेल किन?

काठमाडौंः नेकपा माअोवादीका नेता तथा सांसद अग्नि सापकोटाले भूकम्प पछि बन्द रहेको तातोपानी नाका सञ्चालनका लागि सरकारसँग माग गरेका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले तातोपानी नाका खोल्न सरकारले कूटनीतिक पहल थाल्नुपर्ने माग गरेका हुन्। उनले नाका खोल्नका लागि हाल सम्म सरकारले गरेका गरेका प्रयासहरूको जानकारी गराउन समेत माग गरेका छन्। 

सांसद सापकोटाले तातोपानी नाका नखुल्दा हजारौँ मानिसहरू बेरोजगार भइरहेको भन्दै बस्ती विस्थापित भएको उनले बताए। जुरे पहिरो लगायत अन्य प्राकृतिक विपत्तीले सिन्धुपाल्चोकले क्षति व्यहोरेको भन्दै नाका बन्द हुँदा देशको राजश्व समेत घटेको उनको भनाइ थियो।

'तीन वर्षसम्म नाका नखोल्नु राष्ट्रिय लज्जाको विषय हो, यसले देशलार्इ आर्थिक क्षति पनि पुगेको छ,' उनले भने। 

सिन्धुपाल्चोकबाट निर्वाचित सांसद सापकोटाले अरनिको राजमार्ग विस्तारको कामको जानकारी समेत सरकारसँग माग गरे। 

२०१५ सालमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको चीन भ्रमणका क्रममा ड्राइ पोर्ट निर्माण गर्न चीनले तिन अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको भन्दै सांसद सापकोटाले सो प्रक्रियाको बारेमा समेत जानकारी माग गरे। 

उनले वर्तमान सरकारले भूकम्पपीडितहरू माथि मजाक गरिरहेको समेत आरोप लगाए। 'पुरानो सरकारले भूकम्पलाई दिने भनेको १ लाख के हो मजाक हो की के हो?' उनले प्रश्न गरे, 'तत्कालीन सरकारका मन्त्री निर्णय भएको भन्छन्, मुख्यसचिवले अनलार्इनमा आएको भए हो नभए होइन भन्छन्, निर्णय भएको हो की होइन कसले भन्ने? भूकम्प पीडित माथि यो मजाक र जालझेल किन?'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell