PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

३५ वर्ष पुरानो नाटक सर्वनामको ३६ औं वार्षिक उत्सवमा



पहिलोपोस्ट

३५ वर्ष पुरानो नाटक सर्वनामको ३६ औं वार्षिक उत्सवमा

काठमाडौं: सोमबारबाट सर्वनाम थिएटरमा अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सुरु भएको छ। नाटक 'अतिरिक्त आकाश' मञ्चनसँगै महोत्सव उद्घाटन भयो। रंगकर्मी अशेष मल्लको लेखन तथा निर्देशन रहेको नाटकमा अभिनित मल्लको अभिनय रहेको थियो। २० मिनेट लामो नाटकलाई अशेष मल्लले ३५ वर्ष अघि लेखेका हुन्। 

सोमबार अन्य २ नाटक देखाइयो। बेलायतका माइकल वुडवुडद्वारा निर्देशित नाटक ‘द कोट’ र चीनको नाटक ‘जम्प’ प्रस्तुत गरिएको हो। सर्वनाम थिएटरले ३६औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको एकल नाटक महोत्सव अप्रिल ५ तारिखसम्म चल्नेछ। बेलायत, फ्रान्स, भारत, बङ्ग्लादेश, हङ्कङ, जर्मनी, फिलिपिन्स, स्कटल्याण्ड, नेदरल्याण्ड लगायत देशबाट तीन दर्जन रंगकर्मीको उपस्थिति रहेको छ। 

महोत्सवमा रंगमञ्च सम्बन्धी अन्तर्रक्रिया, छलफल तथा कार्यशाला पनि हुनेछ। चारदिन चल्ने यो महोत्सवमा १३ वटा नाटकहरु मञ्चन हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell