PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

संघीय संसदको पहिलो अधिवेशन १५ घण्टा ३० मिनेट



पहिलोपोस्ट

संघीय संसदको पहिलो अधिवेशन १५ घण्टा ३० मिनेट

काठमाडौं: संघीय संसदको दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आजबाट अन्त्य भएको छ। ३० दिनसम्म चलेको संघीय संसदमा प्रतिनिधि सभाको जम्मा ११ वटा बैठक बसेको भने राष्ट्रिय सभाको ८ वटा बैठक बसेको थियो।

मन्त्रिषरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागु हुने गरी संघीय संसदको दुबै सदनको पहिलो अधिवेशन अन्त्य गरेको जनाएकी छिन्।

जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था भएको र १५ दिनअघि नै बजेट अधिवेशन सुरु गर्नु पर्ने भएकाले संसदको पहिलो अधिवेशन अन्त्य गरिएको छ।

संघीय संसदको पहिलो अधिवेशनबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिए भने सभामुख, उपसभामुख चयन, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको चयन भयो। अन्त्यमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पारित गर्दै सदनको अधिवेशन अन्त्य भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell