PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता हुँदैन : अध्यक्ष प्रचण्ड



पहिलोपोस्ट

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता हुँदैन : अध्यक्ष प्रचण्ड
फाइल फोटो

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ र महत्वपूर्ण विषयहरुमा छलफल र सम्झौता नहुने बताएका छन्।

बखान सहकारी संस्था लि चितवनको बखान राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास गर्न चितवन पुगेका अध्यक्ष प्रचण्डले भारतीय मीडियाहरुमा आएजस्तो महाकाली सन्धि र अन्य नयाँ कुनै पनि विषयमा सम्झौता नहुने बताएका हुन्।

भ्रमण दुई देशबीचको मित्रता सम्बन्ध सुधारका लागि मात्र सीमित हुने उनले बताए। ‘भ्रमण दुई देशीय सम्बन्धमा केन्द्रित हुन्छ’ अध्यक्ष प्रचण्डले भने। साथै अध्यक्ष प्रचण्डले बाहिर मीडियामा आएजस्तो एमाले र माओवादीबीच पार्टी एकतामा कुनै विवाद नरहेको बताए। उनले भने, 'बैशाख ९ गते दुई पार्टीको बीचमा एकता हुदैँछ, बाहिर आएजस्तो विवाद छैन, पार्टी एकता प्रतिशतका आधारमा हुदैँन, सिद्धान्तका आधारमा हुन्छ। तर, सम्मानजक एकता हुन्छ।'

एकता संयोजन समितिको प्रतिवेदन आउन केही ढिला भएका कारण घोषणा गर्न ढिला भएको उनले बताए। मंगलबार साँझसम्म प्रतिवेदन शीर्ष नेताले प्राप्त गर्ने पनि अध्यक्ष प्रचण्डले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell