काठमाडौं: गत सोमवार बिहानै ना ४ ख ४५१६ नम्बरको बस नयाँ दिल्लीबाट काठमाडौंका लागि छुट्यो। पर्यटक लिएर दिल्ली पुगेको बसमा ३६ जना यात्रु थिए।
नेपालगञ्ज नाका हुँदै नेपाल भित्रिएको बसमा बुटवल आइपुग्दासम्म चार जना यात्रु मात्र भए। बाँकी यात्रुको यात्रा बिचमा नै टुङगियो।
मंगलवार दिउँसो काठमाडौं छिर्ने मुख्य नाका थानकोटबाट भित्रिएको सूचना आयो। महानगरीय प्रहरी वृत्तको टोली सूचना पाएपछि उक्त बसको निगरानीमा खटे।
कालीमाटीमै प्रहरीको चेकिङमा बस नियन्त्रणमा आयो। प्रहरीलाई सूचना आएको थियो बसमा यात्रु हैन तस्करीको सामान भित्रिदैछ।
बसभित्र प्रहरी छिरेर हेर्दा केही थिएन। बस खाली थियो। प्रहरीलाई आएको विशेष सूचना गलत हो कि भन्ने लाग्यो। बसबाट ओर्लिए प्रहरी।
ती प्रहरीलाई चित्त बुझेनछ। फेरि बसभित्र उक्ले। सबैतिर दोहोराई तेहराई चेक गरे। अन्तत: सूचना सही ठहरियो।
बसभित्र फल्स बटम बनाएर लाखौँको सामान ल्याइएको रहेछ। गाडीका चालक झिल्केमान रुम्वा र सहचालक सुजन पुनलाई प्रहरीले तुरुन्तै पक्राउ गर्यो। महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा गाडी लगियो। प्रहरीले बसको सबै तिर खोजतलास गरे। त्यसपछि तस्करको काइदा खुल्दै गयो।
सिटमाथि मात्र होइन बसको छत र डिकीमा समेत फल्स बटम बनाएर लुगा तथा विद्युतीय सामग्रीको तस्करी भएको खुल्यो। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेल २५ लाख रुपैयाँभन्दा बढीको सामान राजस्व छली गरेर ल्याएको बताउँछन्।
भन्सारमा नै तस्करको सेटिङ
नेपालगञ्ज नाकाबाट तस्करीको सामान बोकेर बस सजिलै नेपाल भित्रियो। भन्सार चेकजाँचमा खटिएका सुरक्षाकर्मी नत भन्सारका कर्मचारीले बसभित्र तस्करीको सामान भएको पत्तो पाए। प्रहरी नियन्त्रणमा रहेका सहचालक सुजन पुन तस्कर समूहले पहिले नै भन्सारका कर्मचारीसँग सेटिङ मिलाएकाले सजिलै नेपाल भित्रिएको बताउँछन्।
'साहुहरूले पहिले नै भन्सारमा सेटिङ मिलाउनु भएको हुन्छ। बस रोकेर चेकजाँच गरे जस्तो मात्र गर्नुहन्छ। कुनै डर नै हुँदैन।' सहचालक सुजनले भने। कसको सामान र कसलाई दिने भन्ने आफूहरूलाई थाहा नभएको सुजन बताउँछन्। यसअघि पनि दुई पटकसम्म यसरी नै सामान ल्याउने गरेको सुजनले सुनाए।