PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

बौद्धनाथ विकास समितिका कार्यकारी निर्देशक लामाद्वारा राजीनामा: 'काम गर्ने वातावरण नै भएन'



पहिलोपोस्ट

बौद्धनाथ विकास समितिका कार्यकारी निर्देशक लामाद्वारा राजीनामा: 'काम गर्ने वातावरण नै भएन'

काठमाडौं: बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक कुयाङ लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्।

काम गर्ने अवस्था नरहेको भन्दै पर्यटन मन्त्रालयमा राजीनामा बुझाएको आज पत्रकार सम्मेलन गरी लामाले जानकारी दिए।

'नियुक्त भएको ८ महिना भयो। तर दुई पक्षको विवादका कारण काम गर्न पाइनँ। त्यसैले हिजै मन्त्रालयमा राजीनामा बुझाएँ। नैतिक राजीनामा हो। कसैको दबाबमा होइन,' बौद्धस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

बौद्धनाथ विकास समितिमा अध्यक्ष राजकुमार लामा र सदस्य मंगल लामाबीच लामो समयदेखि विवाद रहँदै आएको छ। दुई पक्षको खिचातानीका कारण आफूले काम गर्न नसकेको कुयाङको आरोप छ।

लामालाई ८ महिना अघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषदले समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell