PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

बाइकमै २५ केजी गाँजा: तीन पक्राउ



पहिलोपोस्ट

बाइकमै २५ केजी गाँजा: तीन पक्राउ

सर्लाहीः इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीको टोलीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। 

प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा रहेको टोलीले सर्लाही कौडेना गाउँपालिकाका ५५ वर्षीय पचु सहनी, ३५ वर्षीय मदन राउत र २४ वर्षीय राकेश राउतलाई पक्राउ गरेको हो।

प्रहरीले सहनीको साथबाट १३ केजी १६० ग्राम गाँजा र राउतको साथबाट १२ केजी ३६० ग्राम गाँजा बरामद गरेको निरीक्षक अनिल ठकुरीले बताए। 

बाइकमा लुकाई छिपाइ गाँजा ल्याएका अवस्थामा उनीहरु पक्राउ परेका हुन्। प्रतिकेजी पाँच हजार रुपैयाँमा किनेर ल्याएको गाँजा उनीहरुले भारत लगेर प्रतिकेजी सात देखि ८ हजार भारतिय रुपैयाँमा विक्री गर्ने गरेको ठकुरीले बताए।
प्रहरीले भारतीय नम्बर प्लेट बिआर ०६ एसी ११० मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell