PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

जीसान बाँके ब्लास्टर बन्यो नेपालगन्ज कप टी-२० क्रिकेटको महँगो टिम



पहिलोपोस्ट

जीसान बाँके ब्लास्टर बन्यो नेपालगन्ज कप टी-२० क्रिकेटको महँगो टिम

नेपालगन्ज : निकै प्रतिक्षित नेपालगन्ज कप टी-२० क्रिकेट प्रतियोगिताको अक्सन मंगलवार सम्पन्न भएको छ। नेपालगन्ज कपको अक्सनमा सर्वाधिक महँगो टिम जिसान बाँके ब्लास्टर बनेको छ।

नेपालका अन्तर्राष्ट्रिय खेलाडी महेश क्षेत्रीको कप्तानीमा रहेको जिसान बाँके ब्लास्टरका लागि सर्वाधिक बिडिंग लागेको थियो। न्युनतम रुकम ५० हजारबाट सुरु भएको बिडिंगमा बाँके ब्लासटरलाई २ लाख ४० हजारमा जिसानले बाजी मारेको थियो। सबैभन्दा लामो बिडिंग पनि जीसान बाँके ब्लास्टरकै लागि लागेको थियो।

त्यसैगरि बर्दिया टाईर्गसलाई अर्घखाचीले किनेको छ। अर्घखाची बर्दिया टाईर्गसका कप्तान सुवेन्दु पाण्डे रहेका छन्। सौरभ खनालको कप्तानीमा रहेको रोल्पा गोरिल्लाजलाई मध्य पश्चिम क्रिकेट क्लबले किनेको छ। अब टिमको नाम मध्य पश्चिम गोर्खा गोरिल्लाज बनेको छ।

एयाबरोल लुम्बिनी यात्रीजका लागि पनि रोमान्चक बिडिंग लागेको थियो। एयाबरोल लुम्बिनी यात्रीजका कप्तान कृष्ण कार्की रहेका छन्। अर्जुन पाण्डेले दंगाली गोर्खाजलाई आफ्नो बनाएका छन्। दंगाली गोर्खाजका कप्तान अमर सिंह रौटेला हुन्।

आर्शिवाद पेन्ट्सले पाल्पा योद्दाजलाई किनेको छ। आर्शिवाद पेन्ट्स पाल्पा योद्दाजका कप्तान सिद्धान्त राज शाही रहेका छन्।

ग्रीन ईभेन्टो प्रालिका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले टिम अक्सन सोचे भन्दा निकै राम्रो भएको बताए। त्यसैगरि पहिलो पटक भएको टिम अक्सनले क्रिकेट क्रेज अभै बढेर जाने प्रतियोगिताका ईभेन्ट डाईरेक्टर सौगात विक्रम शाहले बताए।

नेपालगन्ज कप क्रिकेट आगामी बैशाख ३ देखि १२ गतेसम्म प्रस्तावित कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। प्रतियोगिताको विजेताले १ लाख दस हजार र उपविजेताले ६० हजा नगद हात पार्नेछन्।

प्रतियोगिताको लागि सुरुमा ९० खेलाडी छनोट गरिएको थियो। जसबाट सहभागि ६ टिमलाई १५-१५ खेलाडी बाँडिएको थियो। अक्सनमा भने उक्त टिम सिंङ्दै लिलामी गरिएको हो।

 

अक्सनपछि नेपालगन्ज कपमा सहभागि टिमको नाम

१.एयाब्रोल लुम्बिनी यात्रीज्

२.आर्शिवाद पेन्ट्स पाल्पा योद्दाज्

३.अर्घखाची बर्दिया टाईर्गस

४.दंगाली गोर्खाज् (अर्जुन पाण्डे)

५.मध्य पश्चिम क्लब रोल्पा गोरिल्लाज्

६.जिसान बांके ब्लास्टर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell