PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६५ बिघा जग्गा दिने सैनामैना नगरपालिकाको घोषणा



चन्द्रकान्त खनाल

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६५ बिघा जग्गा दिने सैनामैना नगरपालिकाको घोषणा

रुपन्देही : धुर्मुस–सुन्तली फाउन्डेसनको टोली अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सैनामैनामा जग्गाको अवलोकन गरेका छन्। जग्गाको खोजीमा हिडेका हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुससहितको टोलीले रुपन्देही जिल्लाको सैनामैनामा मंगलबार जग्गाको अवलोकन गरेका हुन्।

सैनामैना-७ देउवापारमा रहेको लम्टिया खेल मैदानको सम्भावनाबारे निरीक्षण गर्न धुर्मुस–सुन्तली फाउन्डेसनको टोली रुपन्देही जिल्लामा आएको हो।

धुर्मुस-सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाउने घोषणा गरेपछि सैनामैना नगरपालिकाले लम्टिया खेल मैदानमा रहेको ६५ बिघा जग्गा उपलब्ध गराउने घोषणा गरेको थियो। सोही घोषणा अनुरुप टोली सैनामैनामा आएको हो। टोलीले खेल मैदानको निरक्षण गर्दै ३-४ वटासम्म स्टडियम बन्न सक्ने सम्भावना रहेको बताएका छन्।

प्राविधिक टोली सहित आएका धुर्मुसले खेल मैदानको अवलोकन गर्दै अहिले जहाँ स्टडियम बनेपनि सैनामैना एक दिन स्टडियम बन्ने बताए। बिज्ञ र प्राविधिकको परार्मशबाट छिट्टै नै रंगशाला निर्माणको टुंगो लाग्ने बताउँदै उनले ४० हजार दर्शक अट्ने रंगशाला बनाउने बताउने वताए।

नेपालमा नै पहिलो पटक बन्न लागेको रंगशालाको नाम गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला रहने धुर्मुसले जानकारी दिए। यो अभियानमा सबै अभियान्ता बनेर पहिलो रंगशाला बनाउने र त्यसको सञ्चालनको पनि आवश्यकता रहेको बताए।

स्थानीय बासिन्दाको स्वागत र मैदान निर्माणको तिब्र इच्छा देखेपछि अहिल्यै मैदान बनिहाल्छ जस्तो उत्साह जागेको धुर्मुसको भनाई थियो। यो अभियानलाई सबैले सफल पार्नुपर्ने बताउँदै सरकारले पनि चासो देखाएको उनले बताए। छोटो समयमा नै तोकिएको समयमा नै रंगशाला बन्ने उनको भनाई थियो।

रंगशालाको शिलन्याश गरेको सोही दिन नै उद्घाटन गर्ने मिति पनि तोकिने धुर्मुसले दाबी गरे। सैनामैना नगरपालिकाले उपलब्ध गराएको जग्गामा ३-४ वटा स्टडिय बन्न सक्ने प्राविधिक रविभुषण झाले बताए। उनले भने  पहिले काठमान्डौमा वनायौ भने त्यसपछि यँहा बन्छ त्यसको लागि प्राविधिक तथा बिज्ञहरुसँग छलफल गरी निर्णयमा पुगिने झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell