PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

कर्णाली प्रदेशको प्रदेशसभा नियमावली पारित



पहिलोपोस्ट

सुर्खेतः कर्णाली प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा नियमावली २०७४ सर्वसम्मत पारित गरेको छ।

नियमावलीमाथिको छलफलमा सांसदहरु गुलाबजंग शाह, बिन्दमान विष्ट, पद्मा खड्का र देवी वलीले नियमावलीमा परिमार्जन गर्नुपर्ने सुझाव दिए।

त्यस्तै, आर्थिक कार्यविधि विधेयकमाथिको छलफलमा भाग लिँदै धर्मराज रेग्मी, दीनबन्धु श्रेष्ठ, कुर्माराज शाही, चन्द्रबहादुर शाही, देवी वलीलगायतका सांसदहरुले भ्रष्टाचार नियन्त्रण र आर्थिक बेरुजु शून्य हुने स्वरुपमा ऐन ल्याउनुपर्नेमा जोड दिए।

छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा कानूनमन्त्री प्रकाश ज्वालाले समाजवाद उन्मुख अर्थ व्यवस्थासँग सुहाउँदो वित्तीय पारदर्शिता र अनुशासनयुक्त आर्थिक ऐन तथा नियमावली ल्याउने बताए। प्रदेश लेखा नियन्त्रकको कार्यालय र प्रदेश सञ्चित कोष स्थापना गर्ने जानकारी दिँदै उनले आकस्मिक कोषका लागि अलग्गै ऐन ल्याउने बताए।

आर्थिक विधेयकमाथिको दफावार छलफल जारी छ। बैठक बुधबार दिउँसो १ बजे बस्ने छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell