PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भरतपुरको नारायणी कागज उद्योगमा आगलागी, १८ लाखको क्षति



पहिलोपोस्ट

भरतपुरको नारायणी कागज उद्योगमा आगलागी, १८ लाखको क्षति
प्रतीकात्मक तस्वीर

रत्ननगरः चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ।

भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करिब ३ः२५ बजे आगो सल्किएको थियो। दमकलको सहयोगमा स्थानीय बासिन्दा र प्रहरीले बिहान ५ बजे आगो नियन्त्रणमा लिएका थिए।

सो घटनामा मानवीय क्षति भने भएन। कारखाना र त्यहाँ रहेका कागज र कच्चापदार्थ ठूलो मात्रामा क्षति भएको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबारे प्रहरी अनुसन्धान भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell