एजेन्सीः अमेरिकाको क्यालिफोर्नियास्गित युट्युवको मुख्यालयमा एक बन्दुकधारी महिलाले गोली चलाउँदा तीन जना घाइते भएका छन्। तीन व्यक्तिलाई घाइते बनाइ ती महिला स्वयंमले भने आत्महत्या गरेकी छन्।
घाइतेहरूको उपचार भइरहेको छ। सीबीसीएस न्युजलाई उद्रृत गर्दै बीबीसीले जनाए अनुसार गोली प्रहारबाट घाइते ३६ वर्षीय एकको अवस्था गम्भीर छ। गम्भीर घाइते ती व्यक्ति आक्रमणकारी महिलाका प्रेमी व्यायफ्रेण्ड बताइएको छ। आक्रमणमा एक ३२ र एक २७ वर्षीय दुई महिला घाइते भएका छन्।
आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आक्रमणकारी महिला संदिग्ध आक्रमणकारी भएको र घाइतेको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।
आक्रमणपछि मुख्यालय बन्द गरिएको छ। युट्युव मुख्यालयमा १७ सय कर्मचारी आबद्ध छन्।