PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

युसिएल : रियलको जितमा रोनाल्डोको दुई गोल, वायर्नको पुनरागमन जित



पहिलोपोस्ट

युसिएल : रियलको जितमा रोनाल्डोको दुई गोल, वायर्नको पुनरागमन जित

युरोपियन च्याम्पियन्स लिग (युसिएल) अन्तर्गत मंगलवार भएको क्वाटरफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिड र जर्मन क्लब वायर्न म्युनिख विजयी भएको छन्।

क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि रियलले इटालियन क्लब युभेन्ट्सलाई उसैको मैदानमा ३-१ ले हरायो। रियलका लागि मार्सलोले अर्को गोल गरे।

खेलको तेस्रो मिनेटमै रोनाल्डोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ५५औँ मिनेटमा रोनाल्डोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। च्याम्पियन्स लिगमा रोनाल्डोले गोल गरेको यो लगातार दशौँ खेल हो र उनले १० खेलमा १५ गोल गरिसकेका छन्। रोनाल्डोले यस सिजन भने ९ खेलमा १४ गोल गरिसकेका छन् र आफ्नै रेकर्ड (१७गोल) भन्दा ३ गोलले मात्र टाढा छन्।

६३औँ मिनेटमा पाउलो डिबला दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्ट्स दश खेलाडीमा झरेको थियो। त्यसैको फाइदामा मार्सेलोले ७२औँ मिनेटमा गोल थपे।

उता वायर्नले अर्को स्पानिस क्लब सेभियालाई २-१ ले हरायो। एक गोलले पछि परेको अवस्थामा सेभियाकै खेलाडीले आत्मघाती गोल गरेपछि वायर्न खेलमा फर्केको थियो।

पाब्लो सराबियाले ३१औँ मिनेटमा गोल गर्दै घरेलु टोली सेभियालाई अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो समय टिकेन। त्यसको ६ मिनेटपछि जेसस नाभासले आफ्नै पोष्टमा गोल गरेपछि वायर्नले खेल बराबरी गर्‍यो। वायर्नका लागि थियागो अलकान्टाराले ६८औँ मिनेटमा गरेको गोल जितका लगि निर्णायक बन्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell