PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

बाबुरामको निर्णयः ‘व्यक्तिगत सुरक्षा अधिकृत बाहेकका सुरक्षाकर्मी फिर्ता गर्ने’



पहिलोपोस्ट

बाबुरामको निर्णयः ‘व्यक्तिगत सुरक्षा अधिकृत बाहेकका सुरक्षाकर्मी फिर्ता गर्ने’

काठमाडौँः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारका तर्फबाट उपलव्ध गराइँदै आएका केही सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका छन्। २०७५ वैशाख १ गतेदेखि व्यक्तिगत सुरक्षा अधिकृत बाहेक अन्य सुरक्षाकर्मी फिर्ता गर्ने भट्टराईका जनसम्पर्क सल्लाहकार विश्वदीप पाण्डेले बताए। 

यसअघि भट्टराईले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाको नाममा भइरहेको जनशक्ति दुरुपयोग रोक्न र नियम पुनरावलोकन गर्न गृहमन्त्रीलाई भेटेर सुझाव दिएको पनि पाण्डेले बताए।  उनले विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखसँग पनि नियम पुनरावलोकनका लागि आग्रह गरेका थिए। 

केही दिनअघि गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा केही नेताहरुका सवारी चालक र अर्दली फिर्ता भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell