PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

मैत्रीपूर्ण अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा नेपाल सहभागी हुने



रासस

मैत्रीपूर्ण अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा नेपाल सहभागी हुने

काठमाडौँ : गज्प्रोम, फुटबलको सर्वोच्च निकाय (फिफा) र फिफा विश्वकप-२०१८ को आधिकारिक सहकार्यमा छैटौँ चरणको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितमा नेपालले पनि भाग लिने भएको छ।

अल नेपाल फुटफल एसोसियसन (एन्फा)का अनुसार नेपालले पनि उक्त प्रतियोगितामा भाग लिन पाउने भएको हो। पहिलोपटक नेपालबाट पनि दुई जना खेलाडीले प्रतियोगितमा भाग लिने एशोसियसनका उपमहासचिव सञ्जिव मिश्रले जानकारी दिए।

यस प्रकारको फुटबल प्रतियोगिताले विश्वमा मित्र, मित्रता, समानता र विविध संस्कृति एवं जिम्मेवारीमा महत्वपूर्ण मानवीय मूल्यको प्रवद्र्धनको गर्ने लक्ष्य लिइएको छ।

रुसको मस्कोमा सार्वजनिक भएको मित्रताका लागि फुटबल २०१७ मा ६४ र सन् २०१८ मा २११ मुलुक तथा क्षेत्रमा विस्तार भएको छ। ‘ओपेन ड्र’का समयमा ३२ अन्तर्राष्ट्रिय समूह खडा भएको थियो र प्रत्येक देशका प्रत्येक युवा खेलाडीले खेलको भूमिका निर्धारण गरिएको थियो।

संसारको मित्रताका लागि फुटबल सन् २०१८ को आगामी जुनको १२ मा ३२ समूहले प्रतिस्पर्धा गर्ने उल्लेख गरिएको छ। मित्रताका लागि फुटबलको आधारभूत सिद्धान्त विभिन्न राष्ट्रियताका, लिंग र फरक शारीरिक क्षमताका खेलाडीलाई समूहमा राखिन्छ।

यस प्रतियोगितामा १२ वर्ष उमेरका युवा खेलाडी सहभागी हुनेछन् भने विभिन्न देशका १४ देखि १६ वर्ष उमेरका युवा फुटबल खेलाडी प्रशिक्षक हुनेछन्।

यस प्रतियोगिताको समाचार सम्प्रेषण विश्वका २११ मुलुकका १२ वर्ष उमेरका पाँच हजार पत्रकारले गर्नेछन्। यसमा यस सिजनको अन्तिम प्रतियोगिता रुसको मस्कोमा यही वर्षको आगामी जुनको ८ देखि १२ सम्म हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell