PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई जनाको मृत्यु



पहिलोपोस्ट

ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई जनाको मृत्यु

पोखराः पोखरा बागलुङ राजमार्गअन्तर्गत हेम्मजाको तिव्वतीयन क्याम्प नजिक ट्रिपरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। 

हेम्जाबाट पोखरातर्फ आइरहेको ग १ क २३३४ नम्बरको ट्रिपरले मंगलबार साँझ ७ बजे विपरीत दिशाबाट आइरहेको ग १३ प ३६३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा हेम्जाका रोशन केसी र शंकर कुँवरको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा दुबै घाइते भएका थिए।
 
केसीको गण्डकी अस्पतालमा र कुँवरको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। ट्रिपर चालक पोखरा लेखनाथ महानगरपालिका २० का अर्जुन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell