PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बोअाअो फोरममा चिनियाँ राष्ट्रपतिले सम्बोधन गर्ने



पहिलोपोस्ट

बोअाअो फोरममा चिनियाँ राष्ट्रपतिले सम्बोधन गर्ने
Photo: SCMP

बेइजिङः चीनको हैनान प्रान्तको बोअाअोमा हुने एसियाका लागि बोअाअाे मञ्च (बोअाअो फोरम फर एसिया)को उद्घाटन शत्रमा चिनियाँ राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन्। 

विश्वका राजनीतिक तथा अार्थिक नेताहरूको उपस्थितिमा हुने सम्मेलनको उद्घाटन शत्रमा राष्ट्रपति सीले सम्बोधन गर्ने चिनियाँ विदेशमन्त्री वाङ यीले जनाएका छन्। 

फोरमको वार्षिक सम्मेलनमा राष्ट्रपति सीले यो तेस्रोपटक सम्बोधन  गर्न लागेका हुन्। सम्बोधनका क्रममा उनले चीनको अर्थतन्त्र र बेल्ट एण्ड रोड परियोजनाको बारेमा विश्व मञ्चलार्इ प्रस्ट पार्ने छन्। 

पछिल्लो समय विश्व व्यापारमा चुनौती देखिइरहेका बेला सीको सम्बोधनले सकरात्मक असर पर्ने अपेक्षा गरिएको ग्लोवल टाइम्सले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell