PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

युएस बंगला विमान दुर्घटनाः दाबी भुक्तानीका लागि हकदार खोज्दै कम्पनी, सम्पर्कमा आउन ३५ दिनको समय



पहिलोपोस्ट

युएस बंगला विमान दुर्घटनाः दाबी भुक्तानीका लागि हकदार खोज्दै कम्पनी, सम्पर्कमा आउन ३५ दिनको समय
फाइल फोटो

काठमाडौँः करिब एक महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको युएस बंगला विमान कम्पनीले मृतकका कानुनी हकदार तथा संरक्षकलाई सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गरी विमान कम्पनीमा तर्फबाट यात्रुहरुको दाबी भुक्तानीका लागि आफ्नो तोकिएको प्रतिनिधिमार्फत सम्पर्कमा आउन मृतकका परिवार, कानुनी हकदार तथा संरक्षकलाई आग्रह गरेको हो।

कम्पनीले नेपालस्थित प्रधान-घिमिरे एण्ड एशोसिएट्स प्रालिलाई दाबी भुक्तानीको व्यवस्था मिलाउने अख्तियारी प्रदान गरेको छ। सोही कम्पनीमार्फत मृतकका परिवारले दाबी भुक्तानी पेश गर्न सक्नेछन्।

कम्पनीले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफ्ना आधिकारिक कानुनी प्रतिनिधिलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ। भुक्तानी दाबी आफ्ना प्रतिनिधि र आधिकारिक संस्थालाई इमेलमार्फत पनि गर्न सकिने व्यवस्था गरेको छ।   

युस बंगला विमानको जहाज फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका चार सदस्ससहित ५१ जनाको निधन भएको थियो। जसमा २२ नेपाली नागरिकको निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell