PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

प्रदेश २ मा दुई लाख बालबालिका विद्यालय बाहिरैः मुख्यमन्त्री भन्छन्ः प्राविधिक शिक्षाको हब बनाउँछु



राधेश्याम पटेल

प्रदेश २ मा दुई लाख बालबालिका विद्यालय बाहिरैः मुख्यमन्त्री भन्छन्ः प्राविधिक शिक्षाको हब बनाउँछु

वीरगंजः मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई प्राविधिक शिक्षाको हब बनाउने दिशामा आफुहरु उन्मुख रहेको बताएका छन्। समाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले पारम्परिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने बताउदै अबको दिनमा प्राविधिक शिक्षामा जोड दिने निति बनाउन समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिए। 

प्राविधिक शिक्षाका लागी सिटीईभीटीले विभिन्न बखेडा झिक्ने गरेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारको नीति वमोजिम प्राविधिक शिक्षाको लागि निश्चित मापदण्ड अनुरुप अनुमति दिने व्यवस्था सीटीइभिटीलाई गर्नुपर्ने समेत धारणा राखे। प्राविधिक शिक्षा प्राप्त गर्ने नागरिक आफैमा दक्ष हुने र त्यसले प्रदेश तथा मुलुकलाई समेत फाइदा हुने भएकाले प्रदेश सरकार आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेको जानकारीसमेत उनले गराए। 

विगतमा यस प्रदेशका कलेजहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत ख्याति प्राप्त गरेको भएपछि पछिल्लो समयमा धारासायी हुनुमा सबै पक्षको कमजोरी रहेको औल्याउदै उनले पुनः त्यो ख्याति स्थापित गर्न निरिक्षणको भूमिका लाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिए। 

प्रदेश नं. २ मा मात्र दुई लाख भन्दा बढी बालबालिका विद्यालयभन्दा बाहिर रहेको तथ्यांक उदेक लाग्दो रहेको बताउदै उनले सबै बालबालिकालाई विद्यालयमा पुर्‍याउन प्रदेश सरकारले आफनो सय दिने कार्यक्रममा बेटी पढाउ बेटी बचाउ, दलित बालबालिकाका लागि विशेष शिक्षा योजना सहितको कार्यक्रम ल्याएकोले त्यसको सफल कार्यान्वयनमा लाग्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका हुन्।
 
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उदघाटन सत्रमा क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, शिक्षा विभागका निर्देशक केशव दहाल, समाजिक विकास मन्त्रालयका सचिव डा. किरण रुपाखेती, प्रदेशका मुख्य सचिव राजेश्वरमान सिंह सहितका वक्ताहरुले सम्बोधन गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell