PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

साझाले भोलिबाट धुलिखेलसम्मै बस चलाउने: आज बनेपासम्म



दिनेश खड्का

साझाले भोलिबाट धुलिखेलसम्मै बस चलाउने: आज बनेपासम्म

काठमाडौं: सिन्डिकेटको पक्षमा रहेका बिभिन्न बस ब्यवासायीहरुले कोटेश्वर पूर्व सेवा ठप्प पारेपछि साझा यातायातले सेवा  सुरु गरेको छ। साझाले आजदेखि १६ वटा बसबाट बनेपासम्मको सेवा सुरु गरेको जनाएको छ।

साझा यातायातले काभ्रेका यात्रुहरुलाई सेवा दिन स्वयम्भूदेखि रत्नपार्क हुँदै बनेपासम्म सेवा बिस्तार गरेको हो। साझा यातायातले भोलिदेखि २० वटा बस धुलिखेलसम्म पठाउने तयारी गरेको साझा यातायातका लेखा अधिकृत गोपालप्रसाद पन्तले बताए।

साझा यातायातका अनुसार सिन्डिकेटधारी बस ब्यवसायीको यातायात बन्दले  काभ्रेका यात्रुलाई परेको असुविधालाई मध्यनजर गर्दै तत्कालका लागि सेवा बिस्तार गरेको हो।

कोटेश्वर पूर्वका ११ समितिहरु मिलेर अत्यावश्यक सार्वजनिक यातायात सञ्चालन नगरेपछि विभागले काठमाडौ उपत्यकामा चलिरहेका अन्य यातायात व्यवसायीहरुलार्इ धुलिखेलसम्म रुट इजाजत दिने निर्णय गरेको छ।

विभागले अरनिको राजमार्ग अन्तर्गतको धुलिखेलसम्मकफो रुट इजाजत लिन आउनका लागि यातायात व्यवसायीहरुलार्इ बुधबार आव्हान गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell