PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

किन भइरहेको छ वर्षा? 'भारतबाट चापीय रेखा सर्दा' 



पहिलोपोस्ट

किन भइरहेको छ वर्षा? 'भारतबाट चापीय रेखा सर्दा' 

काठमाडौं: सोमवारदेखि उपत्यकालगायत देशका विभिन्न स्थानमा बर्षा भईरहेको छ। प्रि मनसुन समय सक्रिय भएकाले उपत्यका लगायत देशका पहाडी क्षेत्रमा बर्षा भएको मौसमविद् बरुण पौडेल बताउँछन्। 

सक्रिय भएको मौसमका कारण देशका धेरै ठाउँमा बुधवार पनि पानी परेको छ। मौसमविद् पौडेल भन्छन्, 'प्रिमनसुनका कारण भारी बर्षा हुने, चट्याङ पर्ने र असिना बर्षा हुने गर्दछन्।'

भारतबाट न्युन चापीय रेखा नेपालतिर सरेको र पश्चिमी वायुको असर देखिएको छ। केही दिनेदेखि शुरु भएको बर्षा अझै दुई दिनसम्म रहने मौसमविद् पौडेल बताउछन्। दुईदिन सम्म बर्ष हुने देखिएको छ। साँझ तथा बिहान बर्षा हुने गर्दछ,' मौसमविद् पौडेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell