काठमाडौंः पुराना कम्युनिस्ट नेता जागृतप्रसाद भेटवालको निधन भएको छ। बुधवार दिउसो उपचारका क्रममा काठमाडौंमा निधन भएको हो।
नेता भेटवाल डेढ महिना अघिबाट नक्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था गम्भीर भएपछि वीर अस्पताल लगिएको थियो।
उनी पञ्चायतकालमा २०४३ सालमा भएको निर्वाचनमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवारका रूपमा चितवनबाट विजयी भएका थिए। नेकपा एमालेकाे नेकपा (एमाले)लेखा आयोगका सदस्यसमेत रहेका उनी २०४८ र २०५१ सालको निर्वाचनमा चितवनबाट विजयी भएर प्रतिनिधिसभा सदस्य भएका थिए।
राजनीतिमा निष्ठावान नेताको रूपमा छवि बनाएका भेटवाललार्इ २०६२ सालमा क्यान्सर भएको पुष्टि भएको थियो। क्यान्सरले च्यापेपछि उनलार्इ अस्पताल भर्ना गरिएको थियो।
भेटवालको निधनमा प्रधानमन्त्री केपी शर्मा अोलीले दुःख व्यक्त गरेका छन्। 'सिद्धान्तनिष्ठ, प्रखर र जुझारु नेताको छवि बनाउनु भएका नेकपा (एमाले)लेखा आयोगका सदस्य एवं वामपन्थी आन्दोलनका योद्धा जागृतप्रसाद भेटवालको निधनको खबरले मलाई दुःख लागेको छ,' प्रधानमन्त्री अोलीले भनेका छन्, 'स्वर्गीय भेटवालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'