PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

रुपन्देहीका व्यवसायी पौडेलको हत्या गर्ने मुख्य 'सुटर' पक्राउ



सविन ढकाल

रुपन्देहीका व्यवसायी पौडेलको हत्या गर्ने मुख्य 'सुटर' पक्राउ

काठमाडौं: प्रहरीले काठ मिल व्यवसायी वसन्त पौडेलको हत्या गर्ने सुटर पक्राउ गरेको छ। पौडेललाई गोली हानी हत्या गरेको अभियोगमा मुख्य सुटर सुवाष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

गुरुङलाई पोखराको रामबजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्दहीका प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिए।

गत पुष २२ गते रुपन्देहीको देवदहमा पौडेलको गोली हानी हत्या भएको थियो। शरीरमा दुई गोली लागेका पौडेलको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको योजनामा पौडेलको हत्या भएको प्रहरीले बताउँदै आएको छ। घटनामा संलग्न पुन र सोमबहादुर आले इन्काउन्टरमा मारिए पनि  गूरुङ भने फरार थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell