काठमाडौं: फिल्म ‘डमरुको डण्डीबियो’को ट्रेलर रिलिज भएको छ। ट्रेलरले नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियो र खेलाडीको जीवनमा आधारित थिम प्रस्ट्याउँछ।
‘फ्यामिली स्पोर्ट ड्रामा’लाई छेतेन गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ।
प्रचार अस्तुको रुपमा टिमले लोपोन्मुख डण्डीबियो खेलको स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ पनि सुरु गरिसकेको छ। च्यालेन्ज काठमाडौंको विभिन्न स्थानमा आयोजना भइरहेका छन्। प्रतियोगितामा ‘डमरुको डन्डीबियो’ टिमबाट रु. ५०० (दुई जनालाई), रेडमुड कफीको तर्फबाट २ ओटा खानाको कुपन (एक जना विजेतालाई) प्रत्येक ठाउँबाट र रेडबूलको तर्फबाट एउटा क्यान रेडबूल, टिसर्ट र क्याप विजेतालाई उपहार दिइने बताइएको थियो। फिल्म आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा हुँदैछ।
समृद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ।