काठमाडौं: सामाजिक कार्यमा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विदेशमा रहेका नेपालीहरुको समुहले नगद सहयोग गरेको छ।थाई नेपाली संघले धुर्मुस सुन्तलीलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीको आत्मकथा ‘जीवन सङ्घर्ष’ लोकार्पण कार्यक्रममा फाउन्डेसनका प्रतिनिधीले चेक बुझे। कार्यक्रममा फाउन्डेसनका संस्थापक रहेका सिताराम कट्टेल र कुञ्जना घिमिरे भने उपस्थित थिएनन्। भूकम्पपछि नेपाल आएर एकिकृत माझी बस्ती निर्माणमा सक्रिय रहेका कुमारले नेपाली फिल्म ‘प्रेमगीत २’मा अभिनय समेत गरेका छन्। उनी अभिनेत्री भूवन चन्दका छोराको रुपमा देखिएका हुन्।
धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्नु सामाजिक कार्य र सेवा भावलाई प्रोत्सहान गर्नु भएको उनले बताए। धर्मुस सुन्तली फाउन्डेसनले दुई प्रोजेक्ट ‘नमुना नेपाल’ र ‘क्रिकेट रंगशाला’ निर्माण घोषणा गरेका छन्।