PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

बुद्ध एयरको सुर्खेत उडान परीक्षण सफल: वैशाख १ बाट नियमित उडान भर्ने तयारीमा



पहिलोपोस्ट

बुद्ध एयरको सुर्खेत उडान परीक्षण सफल: वैशाख १ बाट नियमित उडान भर्ने तयारीमा

काठमाडौं: बुद्ध एयरले सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण गरेको छ। बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिए।
 
“जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अब सुर्खेत–काठमाडौँ सिधा हवाई सेवा शुरु हुन्छ”, कार्यालय प्रमुख पन्तले भने।
 
नागरिक उड्डयन कार्यालय सुर्खेतका वरिष्ठ अधिकृत विद्या शाहले एनएआइएन कल साइनको जहाज बिहान ९ः४५ बजे धावन मार्गमा अवतरण गरेको र ११ः०० बजे यहाँबाट उडान भरेको जानकारी दिए।

उनका अनुसार सम्भवतः वैशाख १ देखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ नियमित उडान शुरु हुनेछ।
 
परीक्षण सेवा गरिएको हवाईको सुर्खेत–काठमाडौँ भाडादर भने तोकिएको छैन। परिक्षणमा बुद्ध एयरको तर्फबाट मानव संसाधन निर्देशक खगेन्द्र बहादुर बस्नेतसमेत सुर्खेत पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell